Namaste Icon
Ad
Ad

सुदुपश्चिम

कर्णालीमा तिन मन्त्रीले दिए राजिनामा

कर्णालीमा तिन मन्त्रीले दिए राजिनामा

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा आज राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । तिनैजनाले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका छन् ।


मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको मृत्यु

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको मृत्यु

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। रावलको उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए।


जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् ।


सुदुरपश्चिम सरकार संकटमा, समर्थन फिर्ता लिने तयारीमा एमाले

सुदुरपश्चिम सरकार संकटमा, समर्थन फिर्ता लिने तयारीमा एमाले

धनगढी। गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलासंगै नेकपाको हैसियत पूर्व एमाले र माओवादीकै अवस्थामा पुगेपछि केन्द्र सरकार लगायत सबै प्रदेशका सरकार समीकरणमा हलचल देखा परिरहेका छन्। यसैबीच पूर्व माओवादीको नेतृत्वमा बनेको सुदुरपश्चिम प्रदेश सरकार पनि यतिबेला संकटमा फस्न लागेको देखिन थालेको छ।


घर नहुँदा रुखमुनी रात बिताउदै एकल महिला, घर निर्माण गर्न अभियान सञ्चालन

घर नहुँदा रुखमुनी रात बिताउदै एकल महिला, घर निर्माण गर्न अभियान सञ्चालन

बैतडी । बैतडीमा छानो अभावमा रुखमूनि बसेर रात कटाउन बाध्य एकल महिलाको घर निर्माण गर्न आर्थिक अभियान सञ्चालन भएको छ । बैतडीको पाटन नगरपालिका वडा नं ५ की रतना ठगुन्नाको घर निर्माण गर्न आर्थिक अभियान सञ्चालन गरिएको अखिल क्रान्तीकारी अनेरास्ववियुका नेता डीबी बोहराले जानकारी दिए ।


घाटीमा मासु अड्केर वडाध्यक्षको मृत्यु

घाटीमा मासु अड्केर वडाध्यक्षको मृत्यु

कञ्चनपुर । वनभोज खान गएका वडाध्यक्षको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रवार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्योइएको थियो ।


कैलालीको लम्की क्षेत्र तनावग्रस्त

कैलालीको लम्की क्षेत्र तनावग्रस्त

धनगढी । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका १ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् ।


बैतडीको मेलौलीमा खानेपानीको हाहाकार

बैतडीको मेलौलीमा खानेपानीको हाहाकार

लक्ष्मण विसी, बैतडी । हरेक बर्ष जस्तै सुख्खायाम लागेसँगै बैतडीको मेलौलीमा यो बर्ष पनि खानेपानीको हाहाकार भएको छ । सुख्खायाम लागेसँगै मेलौलीको काँडाबजार क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । बजारमा व्यापारीहरुलाई खानेपानीको झनै समस्या हुने गरेको छ ।


टोल–टोलमा पुगेर स्वास्थ्य सामाग्री वितरण गर्दै बुढिगंगाका नगरप्रमुख दिपकविक्रम शाह

टोल–टोलमा पुगेर स्वास्थ्य सामाग्री वितरण गर्दै बुढिगंगाका नगरप्रमुख दिपकविक्रम शाह

बाजुरा । बुढिगंगा नगरपालिका नगरप्रमुख दिपकविक्रम शाहले नगरपालिकाको विभिन्न टोलमा पुुगेर स्वास्थ्य सामाग्री वितरण गरिरहेका छन् । नगरप्रमुख शाहले नगरपालिका र विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा टोलमै पुुगेर महिनावारी स्वच्छता सामाग्री साबुन, स्याम्पु, कोलगेट, नङ कटर, इनर गारमेन्ट र सल वितरण गरेका हुन् । बुढिगंगा नगरपालिका १ नम्बर वडाका २ सय २९ दलित घर परिवारका महिलाहरुलाई सेनिटरी प्याड र स्वच्छता सामाग्री वितरण गरिएको छ ।


खडेरीले भोकमरी लागेपछि खाद्यान्न माग्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काठमाडौँमा

खडेरीले भोकमरी लागेपछि खाद्यान्न माग्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काठमाडौँमा

काठमाडौँ। भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी पर्‍यो । पानी नभएपछि अन्न बाली फलेन ।


Ad