भारत र पाकिस्तानबीच युद्धविराम

दर्पण दैनिक २७ बैशाख २०८२,१८:४५
post

काठमाडाैँ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । 

पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए । 

काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष  पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: