सकेसम्म छिटो इजरायल छोड्न आफ्ना नागरिकलाई चीनकाे अपील

दर्पण दैनिक ३ असार २०८२,१३:४८
post

एजेन्सी । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ ।  इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सीमा नाकाबाट इजरायल छोड्न अपील गरेको छ।

नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह समेत गरेको छ । जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डनहुँदै देश छोड्न अपील गरेको छ । इजरायल-इरान द्वन्द्व बढ्दै गएको,नागरिक सुविधाहरूमा क्षति पुर्‍याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला राख्ने बताएका छन् । इजरायल-इरान द्वन्द्व चर्किदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न सल्लाह दिएका छन् । G7 शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प त्यहाँबाट एक दिन अगाडि नै फर्किदैछन् ।

उनले चाँडै फर्कनुको कारणमध्ये पूर्वको अवस्थालाई लिएका छन् । इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच लगातार भीषण हवाई आक्रमण भइरहेका छन् ।

  

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: