# भर्खरै
Namaste Icon
Ad

खेल

Ad

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै कीर्तिपुर यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रवार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्‍यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।


पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा स्पोर्टस अवार्ड असार १८ गते

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले बर्सेनी दिँदै आएको ‘पोखरा स्पोर्टस् अवार्ड’को ४ विधातर्फको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत वर्ष खेलाडी (महिला, पुरुष), वर्ष उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । असार १८ गते पोखरा सभागृहमा हुने छैटौं पोखरा स्पोर्टस अर्वाडको वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनबाट विधान अधिकारी, करातेबाट बुद्ध लामा र टेनिसबाट प्रदीप खड्का छनोट भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।


सधै चर्चामा रहेका प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य अन्योल !

सधै चर्चामा रहेका प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य अन्योल !

काठमाडौं । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए । विमानस्थल पुर्याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ ?’ । सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना दियो । एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मानै दोहोरिउन् । तर भयो उल्टो ।


एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो । मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भएका थिए ।


एन्फाको अध्यक्षमा पन्कज नेम्वाङ निर्वाचित

एन्फाको अध्यक्षमा पन्कज नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्ष पन्कज नेम्वाङ बनेका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ पाए भने अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले एक मत पनि पाएनन् । अब उपाध्यक्षको मत गणना हुदैछ ।


एन्फा निर्वाचन आज, नतिजा सोमबार साँझसम्म आउने

एन्फा निर्वाचन आज, नतिजा सोमबार साँझसम्म आउने


नेपाली महिला फुटबल टीमको फिफा वरियतामा सुधार

नेपाली महिला फुटबल टीमको फिफा वरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो ।


क्यानमाथिको निलम्बन पूर्ण रुपमा फुकुवा

क्यानमाथिको निलम्बन पूर्ण रुपमा फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो । क्यानले मंगलबार आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाएको छ । योसँगै क्यानको निलम्बन पूर्ण रुपमा हटेको क्यानका कोषाध्यक्ष रोशनसिंहले जानकारी दिए । क्यानले अव ओडिआई मान्यता प्राप्त एसोसिएट देशले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने क्यानले जनाएको छ ।


एक्लै चुनावी मैदानमा होमिए राजीव पौड्याल

एक्लै चुनावी मैदानमा होमिए राजीव पौड्याल

कठमाडौं । एन्फामा अहिले चुनावी चर्चा छ । पंकज नेम्वाङ र कर्माछिरिङ शेर्पा दुई पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । उता अर्का उम्मेदवार राजीव पौड्याल भने एक्लै चुनावी मैदानमा होमिएका छन् । उनी परिवर्तनका लागि आफूलाई भोट हाल्न आग्रह गरिरहेका छन् ।


खेलकूदमन्त्रीकाे नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान

खेलकूदमन्त्रीकाे नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो । टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का विभागिय प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीको निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले छन् ।