रोशी गाउपालिका सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन
काभ्रे । जिल्ला रोशी गाउपालिका वडा नं ६ सिन्कीलेक सामुदायिक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको युवा नेता तथा संविधान सभाको सदस्य समेत रहेका तिर्थ लामाको प्रमुख अतिथिमा रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको हो । सो स्वास्थ्य इकाईले रोशी गाउपालिकालाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग भएको स्थानीयले बताएका छन् ।