Namaste Icon
Ad
Ad

शिक्षा

Ad

पुर्चौंडीमा असोज ७ बाट विद्यालय सञ्चालन हुने

पुर्चौंडीमा असोज ७ बाट विद्यालय सञ्चालन हुने

लक्ष्मण विसी, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा पनि लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनमा आउने भएका छन । कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु असोज ७ गतेबाट सञ्चालनको तयारी भएको शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।


असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी

असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन सुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ ।


डाक्टर लेख्ने, स्त्री मात्रै देख्ने

डाक्टर लेख्ने, स्त्री मात्रै देख्ने

काठमाडौं । एक जना प्राडा छन् । त्रिविमा नेपाली पढाउँछन् । आफूलाई नेपाली डायास्पोरासम्बन्धी खोजी नीति गर्ने पहिलो र आधिकारिक मानिस ठान्छन् । अरुको निन्दामै समय खर्चिन्छन् । एक वर्षअघिसम्म एउटा अन्तर्राष्ट्रिय नेपाली साहित्यसँग सम्बन्धित संस्थाको सल्लाहकार भएर देश–विदेश भ्रमण गरे । अति छुद्र स्वभावका ती प्राडा र ती संस्थाका प्रमुखको खुब दोस्ती थियो । तर, पछिल्लो समय सम्बन्धमा दरार आएको छ । कारण हो– स्त्री र पुरस्कार । एकअर्काको निन्दा गर्दै बस्छन् ।


निजी स्कुलले अनलाइन कक्षाको शुल्क लिने बाटो खुल्यो

निजी स्कुलले अनलाइन कक्षाको शुल्क लिने बाटो खुल्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ। मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ।


चार्टड एकाउन्टेन्टका सदस्यलाई कलेज अफ बिजनेस म्यानेजमेन्टमा छुट

चार्टड एकाउन्टेन्टका सदस्यलाई कलेज अफ बिजनेस म्यानेजमेन्टमा छुट

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरु लाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा शतप्रतिशत छात्रवृति दिने गरी सम्झौता भएको छ । सम्झौताका बारेमा जानकारी गराउदै कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताएका छन ।


दसैँअघि नै कक्षा १२ को परीक्षा, मोडलबारे अन्योल

दसैँअघि नै कक्षा १२ को परीक्षा, मोडलबारे अन्योल

काठमाडौं । कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएको छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार परीक्षाको मिति टुंगो लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुला गर्ने हिसाबले तयारी गरिरहेका छौँ ।’


प्रजनन स्वास्थ्य र शिक्षा ऐन/ नियमावली बारे कार्यशाला सम्पन्न

प्रजनन स्वास्थ्य र शिक्षा ऐन/ नियमावली बारे कार्यशाला सम्पन्न

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको आयोजनामा ललितपुरले आयोजना गरेको दुई दिने वेबिनार कार्यशाला सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यमा ललितपुर महिला विभागले संयोजन गरेको यो कार्यशालामा प्रजनन स्वास्थ्य तथा शिक्षा ऐन नियमावली बारे अन्तरक्रियाका साथ सम्पन्न भएको हो।


शिक्षक नियुक्तिमा ‘सेटिङ’ मिलाउदाकाे गोप्य कुराकानीको अडियो बाहिरियो...

शिक्षक नियुक्तिमा ‘सेटिङ’ मिलाउदाकाे गोप्य कुराकानीको अडियो बाहिरियो...

म्याग्दी । जिल्लाको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो । विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो । पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।


असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्ने तयारी

असोजभित्रै त्रिविको स्थगित परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।


एसईईको नतिजा प्रकाशित (हेर्नुहाेस् नतिजा)

एसईईको नतिजा प्रकाशित (हेर्नुहाेस् नतिजा)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए ।


Ad
Ad
Ad