Namaste Icon
Ad
Ad

शिक्षा

Ad

आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह

आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेकाले परीक्षा लिन सम्भव नभएको जनाउँदै ०७६ का विद्यार्थीका लागि आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको हो ।


बागमती गाउँपालिकाका शिक्षकको ३ दिनको तलब कोरोना रोकथाम कोषमा

बागमती गाउँपालिकाका शिक्षकको ३ दिनको तलब कोरोना रोकथाम कोषमा

ललितपुर । बागमती गाउँपालिकाभित्र रहेका ४७ वटा विद्यालयको बालबिकास सहज कर्ता र कार्यालय सहयोगी, कर्मचारी बाहेका सबै शिक्षक ले खाईपाई आएको तीन दिनको तलब गाउँपालिकाले खडा गरेको गाउँपलिका बिपद ब्यबस्थापन कोषमा जम्मा हुने भएको छ ।


एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

कोरोना लुकाएर लुक्दैनः प्रवक्ता गुप्ता

काठमाडौँ । केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरिरहेको बताए । उनले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी गराए ।


नर्स प्रतिमाद्धारा प्राथामिक विद्यालयमा शैक्षिक सामाग्री र मास्क वितरण

नर्स प्रतिमाद्धारा प्राथामिक विद्यालयमा शैक्षिक सामाग्री र मास्क वितरण

रसुवा । नौकुण्ड गाउँपालिका वडा १ श्री सिम्वनदि प्राथामिक विद्यालयमा माक्स सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । कोभिड १९ को विश्वब्यापि संङक्रमण फैलिए सँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न रसुवा ठुलो भार्खु निवासी कोमेन श्यामेवाङफेल माध्यामिक विद्यालयकी नर्स प्रतिमा तामाङ र उनका श्रीमान छ्योक्याल लामाले आफ्नो व्यक्तिगत खर्चबाट शैक्षिक सामाग्री र मास्क वितरण गरेका हुन ।


शुक्रबारदेखि त्रिविका पठनपाठन र सबै परीक्षा स्थगित

शुक्रबारदेखि त्रिविका पठनपाठन र सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त निर्णय गरेको हो ।


स्थगित भयो एसईई

स्थगित भयो एसईई

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् ।


एसईईमा सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ५ सय ३७ विद्यार्थी सहभागी हुँदै

एसईईमा सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ५ सय ३७ विद्यार्थी सहभागी हुँदै

गोविन्द बीसी, कैलाली । आउँदो बिहीबारदेखि सुरु हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५४ हजार ५ सय ३७ जना विद्यार्थी सहभागि हुने भएका छन् । चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन् ।परीक्षामा सुदूरपश्चिम प्रदेशबाट २६ हजार १ सय ४२ छात्र र २८ हजार ३ सय ९५ छात्रा सामेल हुने भएका छन् । तीमध्ये नियमित (साधारण) तर्फ ५० हजार ६ सय ४८ जना, ग्रेडवृद्धितर्फ २ हजार ८ सय ६२ र प्राविधिकतर्फ १ हजार २७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।


अर्घाखाँचीमा एसईई परिक्षाको तयारी सकियो

अर्घाखाँचीमा एसईई परिक्षाको तयारी सकियो

माधव खनाल, अर्घाखाँची । चैत्र ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी अर्घाखाँचीमा सकिएको छ । विहान ८ बजे देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँची जिल्लामा ३ हजार ७ सय ५ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।


परीक्षा केन्द्रमा डाक्टर सहितको टोली

परीक्षा केन्द्रमा डाक्टर सहितको टोली

ललितपुर । महालक्ष्मी नगरपालिकाले कक्षा आठको परीक्षा केन्द्रमा डाक्टर सहितको टोली खटाएको छ । विद्यार्थीलाई कोरोनाभाइरसको त्रास नहोस् भन्ने उद्देश्यले हरेक केन्द्रमा डाक्टरको नेतृत्वमा तीन स्वास्थ्यकर्मीहरु खटाएको हो।


Ad
Ad
Ad
Ad
Ad