Ad

शिक्षा

Ad

अचम्म ! परीक्षा नै नदिएकी करिश्माको एसईईको मार्कसिट आएपछि.....

अचम्म ! परीक्षा नै नदिएकी करिश्माको एसईईको मार्कसिट आएपछि.....

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा १ परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ रु, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ ।


झरुवारासिको शिक्षा विकासका लागि वडाद्वारा १५ लाख रकम विनियोजन

झरुवारासिको शिक्षा विकासका लागि वडाद्वारा १५ लाख रकम विनियोजन

ललितपुर । शिक्षाको गुणस्तर तथा विद्यालय क्षेत्रको समग्र विकास गर्न गोदावरी नगरपालिका वडा नं. १३ ले आ.व २०७६÷२०७७ को लागि रु १५ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. १३ का वडा अध्यक्ष भाष्कर थापाले वडा भित्र सञ्चालित दुई सामुदायिक माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भौतिक सुधार, बालबालिकाहरुको लागि दिवा खाजा कार्यक्रम, शैक्षिक सामग्री तथा पुरस्कार वितरण, सहयोगी शिक्षक तथा कर्मचारी व्यवस्थापन साथै कक्षा ११ सञ्चालन अनुदान शीर्षकमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।


अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने

अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने

काठमाडौं ।अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।


इन्जिनियरिङ कलेजमा नयाँं विद्यार्थीको भीड

इन्जिनियरिङ कलेजमा नयाँं विद्यार्थीको भीड

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिंग पढन चाहने विद्यार्थीको भीड लागेको छ । शनिबारको प्रवेश परीक्षामा उलेख्य विद्यार्थी सहभागी भएका थिए । कुल चार सय ८० विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा पाँंच सय भन्दा वढी विद्यार्थी परीक्षार्थी रहेका थिए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नेपालकै उत्कृष्ट इन्जिनियरिंगको पढाई हुने कलेज भएकाले आफूहरुको कलेजमा विद्यार्थीको आकर्षण रहने गरेको सुनाए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा यसपछि प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहको इन्जिनियरिंगमा भर्ना हुन चाहने विद्यार्थी अत्याधिक छन् ।


महर्षि कलेजले गरिव/जेहन्दारलाई निःशुल्क पढाउने

महर्षि कलेजले गरिव/जेहन्दारलाई निःशुल्क पढाउने

काठमाडौं । महर्षि कलेज सामाखुशीले गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको छ । कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीलाई आज एक कार्यक्रमको ‘स्वागत समारोह’ मा कलेजका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले गरिब र जेहन्दार विद्यार्थीलाई महर्षि कलेजले निःशुल्क पढाउने घोषणा गरे ।


यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने

यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरिएको छ । त्रिवि मानविकी तथा समाजिकशास्त्र संकायका डिन प्रा शिवलाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए ।


त्रिविमा फेरि भागबन्डा

त्रिविमा फेरि भागबन्डा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्त गरेका हुन् ।


केन्द्रले पठाएका शिक्षक स्थानीय तहले गरे अस्वीकार

केन्द्रले पठाएका शिक्षक स्थानीय तहले गरे अस्वीकार

काठमाडौं । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरु लिन स्थानीय तहहरुले अस्वीकार गरेका छन् । मुलुकमा ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लागाएर सिफारिस गरेपछि समस्या आएको हो ।


इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए गोजीमा राख्ने ईसीजी

इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए गोजीमा राख्ने ईसीजी

काठमाडौं । नेपाल इन्जिनियरिग कलेज चाँंगुनारायणका विद्यार्थीले गोजीमा राख्ने ईसीजीको विकास गरेका छन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा यति सस्तोमा यो उपकरण बनाउन सफल भएका छन् । सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुने जनाइएको छ । जसको लागत नेपाली दुईदेखि तीनहजार रूपैयाँसम्म पर्ने उनीहरुले बताएका  छन् ।


कक्षा १२ को सबै विषयको परीक्षाफल आज सार्वजनिक हुँदै

कक्षा १२ को सबै विषयको परीक्षाफल आज सार्वजनिक हुँदै

काठमाडौं । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म नतिजा बाहिर आउने जानकारी दिएको छ । नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।


Ad
Ad
Ad
Ad
Ad
Ad