एकीकृत समाजवादीमा भोलि समाहित हुँदै घनश्याम भुसाल

दर्पण दैनिक ३० पुष २०७९,१४:०७
post

काठमाडौं । एमाले छाडेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने भएका छन् । शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलन गरेर उनले एकीकृत समाजवादी पार्टीमा समाहित भएकाे स्वघोषणा गर्ने भएका हुन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएका थिए । पत्रमा भनिएको छ,‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।

त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: