# भर्खरै
Namaste Icon

अन्तराष्ट्रिय

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

‘कोरोना’ नियन्त्रणमा लागेका डाक्टरकै मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुगेको समाचार सार्वजनिक भईरहदा संक्रमणबाट मृत्यु हुने एक जना डाक्टर पनि रहेका छन् । मृतक संक्रमितको उपचारमा खटिएका डाक्टर मध्येका एकहुन् ।


गर्भवती महिला अमेरिका जान नपाउने !

गर्भवती महिला अमेरिका जान नपाउने !

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलालाई अमेरिकी प्रवेशमा कडाइ गर्ने भएको छ । पछिल्लो समय बच्चा जन्माउनकै लागि अल्पविकसित मुलुकका महिला अमेरिका जान थालेपछि ट्रम्पले यस्तो कडाइ गर्न थालेका हुन् ।


अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटना तीन अमेरिकीको मृत्यु

अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटना तीन अमेरिकीको मृत्यु

काठमाडौँ । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ ।


ग्रीसमा पहिलो महिला राष्ट्रपति

ग्रीसमा पहिलो महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन्। राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन्। ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ। “ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने। उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन्।  चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत ९काउन्सिल अफ स्टेट०को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेकी छन्। यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन्।


इन्टरपोल पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल

इन्टरपोल पूर्वप्रमुखलाई साढे १३ वर्ष जेल

बेइजिङ, एजेन्सी । चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का पूर्वप्रमुख मेङ्ग होङ्गवेलाई साढे १३ वर्ष जेल सजाय सुनाएको छ। उनीमाथि २१ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको थियो। जेल सजायको साथै उनले जरिवाना पनि तिर्नुपर्ने भएको छ। मेङ्ग सन् २०१६ मा इन्टरपोलको सभापतिमा चार वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए। उनी सन् २०१८ को अन्त्यमा फ्रान्सबाट चीन जाँदै गर्दा पक्राउ परेका थिए। उनी पक्राउ पर्दा इन्टरपोलले सुइको समेत पाउन सकेको थिएन।


‘कोरोना भाइरस’बाट ६ को मृत्यु

‘कोरोना भाइरस’बाट ६ को मृत्यु

बेइजिङ एएफपी । ‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा ६ जनको मृत्यु भइसकेको चिनियाँ अधिकारीले बताएका छन्। बुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभीलाई दिएको अन्तर्वार्तामा ‘कोरोना भाइरस’बाट सोमबारसम्म चार जनाको मृत्यु भएकोमा मंगलबार थप दुईको ज्यान गएको बताएका छन्।


ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

एजेन्सी । अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्।


‘म नेपाल आउदै छु, अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु’ – मोदी

‘म नेपाल आउदै छु, अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु’ – मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल आउने बताएका छन् । मंगलबार विराटनगरस्थित एकीकृत भन्सारचौकीको नेपाली समकक्षी केपी शर्मा ओलीदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै मोदीले सन् २०२० मा नेपाल भ्रमणमा आउने बताएका हुन् । ‘यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।’


२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

एजेन्सी, नयाँदिल्ली । भारतमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । तमिलनाडुको भेलोर जिल्लास्थित तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो । स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ ।


अकुत सम्पत्ति कमाएर ‘अफ्रिकाकै धनी ’

अकुत सम्पत्ति कमाएर ‘अफ्रिकाकै धनी ’

बिबिसी ।अफ्रिकाकै सबभन्दा धनी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू बीबीसीले हेर्न पाएको छ। चुहिएका ती दस्तावेज अनुसार एसाबेल डोस सान्टोसलाई उनका पिता एङगोलाका राष्ट्रपति हुँदा देशभित्र हुने कारोबारहरूमा सहभागी गराइएको थियो। त्यसै क्रममा उनले धेरै सम्पत्ति आर्जन गरेको खुलासा भएको छ।