Namaste Icon
Ad
Ad

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।


बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।


नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्।


दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने योजना

दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने योजना

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।


सनराइज बैंककाे चाडपर्व विशेष अफर योजना

सनराइज बैंककाे चाडपर्व विशेष अफर योजना

काठमाडौ । सनराइज बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गराैं’ अभियानलाई आत्मसाथ गर्दै एफएल सफ्टसँग सहकार्य गरी चाडपर्व विशेष अफर योजना ल्याएको हो । यस योजनाअन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० ग्राहकलाई एक÷एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।


हरियो रङ लागेका स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह

हरियो रङ लागेका स्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन्।


नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

नवनियुक्त अर्थमन्त्री पौडेलले दिए यस्ता निर्देशन

काठमाडौं । अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै करिब आधा घण्टा सचिव र सहसचिवहरुसँग छलफल गरेका छन्। उनले आज कार्यभार सम्हालेपछि अर्थ मन्त्रालयको सुवर्ण शमशेर हलमा सचिवहरु शिशिर ढुंगाना र रामशरण पुडासैनी, अर्थ मन्त्रालयका सबै महाशाखा प्रमुखहरु ९सहसचिवहरु० साथै अर्थ मन्त्रालयमातहत सबै निकायका प्रमुखहसँग छलफल गरेका हुन्।


मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स

मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमीट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ ।


खाली सिलिण्डरको मूल्य २ हजार १ सय लागू

खाली सिलिण्डरको मूल्य २ हजार १ सय लागू

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।


लामो दूरीका सबै यातायातले अनलाइन टिकटको व्यवस्था गर्नुपर्ने

लामो दूरीका सबै यातायातले अनलाइन टिकटको व्यवस्था गर्नुपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद बिक्रीसम्बन्धी निर्देशिका जारी गरेको छ। विभागले सार्वजनिक यातायात सेवा सहज, सुरक्षित र प्रविधिमैत्री हुनुपर्ने भन्दै निर्देशिका जारी गरेको हो। कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्नुपर्ने अवस्थामा विभागले बसपार्क वा अन्य स्थानमा रहेका टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई पारदर्शी बनाउनका लागि निर्देशिका लागू गरेको बताएको छ।


Ad
Ad

Ad
Ad
Ad
Ad
Ad