# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

राष्ट्रिय जनमोर्चा भुमिकास्थानकी सक्रिय सदस्य पूर्णकला खनालको शोक सभा सम्पन्न

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड न १ की सक्रिय सदस्य तथा अखिल नेपाल महिला संघकी सल्लाहकार स्वर्गीय पूर्णकला खनालको १२औं दिनको पुण्य तिथिमा शोक शभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ को आयोजनामा बिहिबार उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले स्वर्गीय खनालको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताए ।


सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

सुर्खेतका सबै स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसहमत नेतृत्व (सुचिसहित)

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाका नौ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सर्वसम्मत नेतृत्व चयन गरेको छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका,लेकवेशि नगरपालिका, भेरिगंगा नगरपालिका,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो ।


कांग्रेसको भक्तपुर सभापतिमा देउवा पक्षीय थापा पुनः निर्वाचित

कांग्रेसको भक्तपुर सभापतिमा देउवा पक्षीय थापा पुनः निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनःनिर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट सभापतिमा थापाले प्रतिस्पर्धी अष्टकुमार कवेंलाई ११५ मतको अन्तरले पराजित गरी पुनः निर्वाचित भएका हुन् । आज बिहान आएको मतपरिणामअनुसार थापाले ५५५ मत ल्याएर सभापति निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेदवार कवेंले ४४२ मत ल्याए ।


अर्घाखाँचीमा जीपले ठक्कर दिंदा बालकको मृत्यु

अर्घाखाँचीमा जीपले ठक्कर दिंदा बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जीपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।


कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृतको टाउकोमा चोट, इन्स्पेक्टरको हात भाँचियो

कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृतको टाउकोमा चोट, इन्स्पेक्टरको हात भाँचियो

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरामा झडप भएको हो । झडपमा प्रहरी निरीक्षक सुरेश ठाकुर, सहायक प्रहरी निरीक्षक अरूण कुमार यादव, हवलदार अवधेशप्रसाद यादव, महेशप्रसाद यादव र प्रहरी जवानहरू मेआज आलम, रामानन्द यादव अजय साह घाइते भएको प्रहरी उरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।


शान्ता तामाङ कांग्रेस केन्द्रिय महासमिति सदस्यमा निर्विरोध

शान्ता तामाङ कांग्रेस केन्द्रिय महासमिति सदस्यमा निर्विरोध

धादिङ । नेपाली कांग्रेसको केन्द्रिय महासमिति सदस्यमा शान्ता तामाङ निर्विरोध भएकी छन् । नेपाली कांग्रेसको युवा नेत्री एवम् समाजसेवी तामाङ नेपाली काँग्रेस धादिङको १४औं महाधिवेशन प्रतिनिधिबाट सर्वसम्मत भई केन्द्रिय महासमिति आदिवासी जनजाति महिला सदस्यमा निर्बिरोध निर्वाचित भएकी हुन् । कांग्रेस धादिङको शनिबार भएको निर्वाचनमा उनको पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएकी हुन् ।


कांग्रेस ललितपुरकाे सभापतिमा देउवा निकट जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

कांग्रेस ललितपुरकाे सभापतिमा देउवा निकट जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन् । श्रेष्ठले छ सय ६५ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले छ सय ५३ मत मात्रै पाएका थिए । उनीहरू दुबै देउवानिकट मानिन्छन् । श्रेष्ठलाई नेता उदयशम्शेर राणाको पनि समर्थन थियो । शनिबार भएको अधिवेशनबाट कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज दोस्रो चरणमा मतदान भएको थियो ।


कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चल्यो

कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चल्यो

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ। प्रहरी स्रोतका अनुसार प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले गोली चलाएका हुन्।


कांग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटी निर्वाचित

कांग्रेस कञ्चनपुर सभापतिमा पदम बोगटी निर्वाचित

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले ८०६ मत पाएर विजयी भएका हुन् । उनी रमेश लेखक निकट हुन्। उनका प्रतिस्पर्धी बहादुरसिंह थापाले ७१५ मत पाएका छन् । उनलाई एनपी साउद समूहले सघाएको थियो। उप–सभापतिमा भने थापा प्यानलका उमेदवार मीनबहादुर सिंह र हरी चन्द्र राना विजयी भएका छन् । सिंहले ७८६ र रानाले ७६३ मत पाएका छन् ।


कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी

कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी

काठमाडौं । कास्की कांग्रेसको सभापतिमा संस्थापनका किशोरदत्त बराल विजयी भएका छन् । विजयी बरालले ९९५ मत ल्याएका थिए । उनले सभापतिका प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतले पराजित गरेका हुन् ।