फ्लोरिकल्चर एशोसिएसनकाे ३१औं साधारण सभा भाद्र २९ गते बस्ने, सदस्यता नविकरण गर्न अनुराेध

दर्पण दैनिक ११ भाद्र २०८०,१८:०१
post

काठमाडाैं । पुष्प व्यवसायीहरूकाे साझा संस्था फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) काे ३१औं बार्षिक साधारण सभा भाद्र २९ गते शुक्रबार हुने भएकाे छ । साधारणा सभा काभ्रेकाे धुलिखेलमा रहेकाे आगन्तुक रिसोर्टमा बिहान ९ बजेदेखि दिउसाे ३ बजेसम्म सञ्चालन हुने फ्यानले जनाएकाे छ ।

साधारण सभाले आव ०७९/८० को वार्षिक प्रतिबेदन, आव ०८०/८१ को नीति तथा कार्यक्रम, आव ०७९/८० को लेखा परिक्षण प्रतिबेदन र आव ०८०/८१ को कार्यक्रम तथा अनुमानित बजेट अनुमोदन गर्ने फ्यानका महासचिव विश्वमणि पोख्रेलले जानकारी दिए । 


त्यस्तै, साधारण सभाले आव ०८०/८१ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्नुकाे साथै बिधान संसोधन प्रस्तावमाथि छलफल हुने पोख्रेलले बताए । 

पोख्रेलले भने, 'फ्यान सदस्यता नविकरण गर्न बाँकी रहेको सदस्यज्यूहरुले ३१औं बार्षिक साधारण सभा हुनु अगावै फ्यान कार्यालयमा सम्पर्क गरी सदस्यता नविकरण गर्नु गराउनु हुन अनुराेध गरिन्छ । फ्यानको बिधानको दफा ११ को उपदफा १ (ग) अनुसार चालु आवको सदस्यता नविकरणका लागि असोज मसान्त भित्र सक्नु पर्ने व्यवस्था रहेको छ ।'

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: