
काभ्रे । तेमाल गाउँपालिका ३ मा रहेको माझी समुदायका ४० घरधुरीलाई राँगा र भैँसी (पाडी) वितरण गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष बिष्णुबहादुर तामाङको पहलमा पालिका अध्यक्ष चन्द्र बहादुर तामाङ र कृषि शाखा प्रमुख कुलदिप पहाडीको उपस्थितिमा भैँसी तथा राँगो वितरण गरिएको हो । उक्त राँगो तथा पाडी पालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
सो क्रममा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले माझी समुदायले कृषि तथा पशुपालनको माध्यमबाट जिविकोपार्जन गर्ने विश्वास व्यक्त गररे । उनले भने, ‘गरीब तथा किसानलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने चुनावी प्रतिवद्धता अनुसार पालिकाभरी नै काम गरिरहेका छौँ ।’
केहि दिन अगाडी पालिकामै विभिन्न कृषि सामाग्रीहरु, हाते ट्याक्टरसमेत वितरण गरिरएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google