समयमै हवाई उद्धार हुन् नसक्दा काेल्टी स्वास्थ्य केन्द्रमै अस्ताइन् ११ दिनकी सुत्केरी अंशु

दर्पण दैनिक २४ पुष २०८०,१५:३३
post

धनगढी । समयमै हवाई उद्धार हुन नसक्दा हुम्लाको ताँजाकोट गाउँपालिका ५ डोप्ककी अंशु बुढाकाे ज्यान गएकाे छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा २३ वर्षीया अंशुकाे ज्यान गएकाे हाे । गत १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिए पछि परीवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिन पछि वुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिए पछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको थियाे ।

११ दिनकी सुत्केरी अंशु र नवजात शिशुको अवस्था सुरमा ठिक भएपनि एक्कासि अंशुले ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको थियाे । 

सुत्केरी अवस्थामै समस्या देखिए पछि स्वास्थ्य केन्द्र पुगेकी वुढाको उपचार सम्भव नहुने भन्दै स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लिन रेफर गरेको थियो । तर सुविधा सम्पन्न ठाउँमा लिन नसकेपछि थप उपचारका लागि उनलाई कोल्टी पुर्याईएको अंशु ससुरा जीत बहादुर बुढाले बताए ।

सोमवार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याए पनि उपचारका क्रममा अंशुको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएकाे छ । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुँदा अंशुकाे मृत्यु भएको बताइएकाे छ ।

त्यस्तै समयमै हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी वुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउछन । अवस्था जटिल भए पनि सुत्केरी वुढाको समयमा उद्धार हुन सकेको थिएन । यता नवजात शिशुकाे अवस्था सामान्य रहेकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

राष्ट्रिय सडक सञ्जालकाे पहुँच नपुगेकाे हुम्ला जिल्ला । दुर्गम क्षेत्रका ज्यान जाेखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू निशुल्क हवाई उद्वार कार्यक्रम छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आव ०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ । जाेखिम परेका गर्भवति तथा सुत्केरी लाई हवाई उद्दार गरि सुविधा सम्पन्न अस्पतालसम्म पुर्याएर महिलाको पाेषण,स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ठ २० हजार उपलब्ध गराउने व्यवस्था छ ।

पूर्ण रूपमा हवाई सेवा उद्धार कार्यक्रम सञ्चालन हुनेमा १८ जिल्ला रहेकाे छन् । जसअन्तरगत ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम,जाजरकोट, डोल्पा,  कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: