बागमतीका भौतिक पूर्वाधार मन्त्री दुलालद्वारा खानीखोला र महाभारतमा सडक र पुलको शिलान्यास

दर्पण दैनिक ६ पुष २०८०,१३:४३
post

काभ्रे । जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा विभिन्न सडक र पुलको एकै दिनमा शिलान्यास भएको छ । दुवै गाउँपालिका विहिबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले एक समारोहकाबीच शिलान्यास गरेका हुन् ।

महाभारत-१ र ८ को सिमाना सोलाभन्ज्याङमा प्रदेश गौरवको योजना जनमुक्ति मार्ग अन्तर्गत चेनेजदेखि ९ किमी सडक देविटारदेखि गोकुले लवडाँडा सम्म कालोपत्रे सडकसहित र देबिटार पुलको शिलान्यास गरिएको हाे । 

कार्यक्रममा बागमती प्रदेशको पुर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सांसद रत्नप्रसाद ढकाल र महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाकाे समेत सहभागी थियाे ।

यसैबीच खानीखाेला गाउँपालिका वडा नं ६ र ५ जाेड्ने सडक पुल समेत मन्त्री दुलालले शिलान्यास गरेका छन् । साे कार्यक्रममा प्रदेश सांसद रत्नप्रसाद ढकाल, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङकाे समेत सहभागीता थियाे ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: