३ दशक बढी समय शिक्षण क्षेत्रमा विताएका बस्नेतकाे विदाई

दर्पण दैनिक ३ असार २०८२,०८:११
post

सोलुखुम्बु । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका रेखराज बस्नेतलाई विदाई गरिएको छ । बस्नेतलाई उमेर हदका कारण विदाई गरिएको हो । लेखुपिके गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमगंगा माविको आयोजनामा सम्मान, विधाई तथा फेरि भेटौँला शीर्षकमा एक भव्य कार्यक्रम राखी बस्नेतलाई विदाई गरिएको थियो । 

विक्रम सम्वत २०४४ सालबाट शिक्षण पेशामा प्रवेश गरेका बस्नेतले झन्डै ३ दशक बढी शिक्षण क्षेत्रमा व्यतीत गरेका छन् । लिखुपिके गाउँपालिका वडा नम्बर ४ को जनसेवा आधारभूत विद्यालयबाट शिक्षण पेशामा आबद्ध भएका रेखराज बस्नेतले तत्कालीन १-५ सञ्चालनमा रहेको जनसेवा आधारभूत विद्यालयलाई १-८ सञ्चालन गर्न  अहम भूमिका खेलेको बताए । विक्रम सम्वत २०७९ साल असोजबाट शिक्षा संयोजकको भूमिका निर्वाह गर्दै आएका बस्नेतले गाउँपालिकामा विषयगत शिक्षकको व्यवस्थापन, कृषि प्राविधिक धारको शिक्षामा जोड दिएर अगाडि बढेको बताए । 

हिमगंगा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकसम्म रहेका बस्नेतले निवृत्तिभरण अर्थात् अनिवार्य अवकाश पछिको जीवन कसरी व्यतित गर्ने सोचमा हुनुहुन्छ नि भन्ने दर्पण दैनिकको प्रश्नमा लिखुपिके गाउँपालिकामा माटो सुहाउँदो कृषि गर्ने बताए । त्यस्तै उनले आफू एक स्थानीय र जिम्मेवार व्यक्ति भएकोले लिखुपिके गाउँपालिकामा शिक्षाको अवस्था खस्किन नदिन सरोकारवालाहरूलाई सधैँ खबरदारी गरिरहने बताए । 

बस्नेतले आफू शिक्षण पेशामा रहँदा र शिक्षा संयोजकको भूमिकामा रहँदा इमान्दारिताको साथ शिक्षा क्षेत्रमा देखिएका वा भएका कमीकमजोरीहरु तथा  समस्याहरुलाई समाधान गर्न निरन्तर लागि परेको बताए ।

कार्यक्रममा लिखुपी गाउँपालिका अध्यक्ष उपाध्यक्षहरू कर्मचारीहरू तथा विद्यार्थीहरू र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: