इन्जिनियरिङ अध्ययन संस्थानले गर्याे शुल्क वृद्धिको निर्णय फिर्ता

दर्पण दैनिक १३ भाद्र २०८०,२१:१३
post

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीहरूले विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको हो । 

आज त्रिवि तथा नेविसंघलगायतका विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् । 

सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति समेत भएको छ । 

संस्थान अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको हो ।  उक्त सहमति अनुसार संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिने निर्णय गरिएको हो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: