स्वास्थ्य बीमामा सूचीकृत भएका अस्पतालले ओपिडीमा ५० र र इमर्जेन्सीमा सय मात्र लिने

दर्पण दैनिक ५ माघ २०८०,१६:२०
post

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाका लागि ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बीमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बीमामा आबद्ध बिमितलाई स्वास्थ्य बीमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपैयाँ शुल्क निर्धारण गरेको हो । यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रूपैयाँ शुल्क तोकेको थियो ।


बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बीमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिइन् । निर्धारण गरिएको  यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: