शुल्क वृद्धि नगर्न तीन विद्यार्थी संगठनको माग

दर्पण दैनिक २९ भाद्र २०८०,१३:४६
post

काठमाडौं । सत्तारूढ दलमा आबद्ध विद्यार्थी संगठनहरूले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन् । शुक्रबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिनेगरी प्रवेश परीक्षा लिइनुपर्ने माग गरेका छन् । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले जारी गरेको विज्ञप्तिमा घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा नलिने काम नगर्न आग्रह गरिएको छ । 

'केही सानो रकम घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्रको जानेर वा नजानेर मतियार बन्न पुगेका महानुभावले यसको गाम्भीयतालाई थप महसुस गर्नेमा आशावादी छौँ,' विज्ञप्तिमा लेखिएको छ । 

तीन लाख १३ हजार रुपैयाँबाट शुल्क वृद्धि गरी सात लाख ७५ हजार ४२० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: