पिक प्वाइन्ट पब्लिक स्कुलले भव्यताकासाथ मनायो २१औँ वार्षिकोत्सव एवं अभिभावक दिवस

दर्पण दैनिक ४ चैत्र २०८०,२१:०३
post

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलमा रहेको पिक प्वाइन्ट पब्लिक स्कुलले २१औँ वार्षिकोत्सव एवं अभिभावक दिवस भव्यताकासाथ मनाएको छ । चैत ३ गते शनिबार बुढानिलकण्ठ १३ स्थित विद्यालय प्राङ्गणमा २१औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको हो । 

बुढानिलकण्ठ नगरपालिका १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिहरु, समाजसेवी,  अभिभावक, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरू तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साे क्रममा अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

कार्यक्रममा विभिन्न आर्कषक नृत्य, गायन तथा अन्य प्रस्तुती प्रस्तुत गरिएको थियो । अभिभावकको भब्य उपस्थितिका बीच कार्यक्रम गर्न पाउदा खुसी लागेको पिक प्वाइन्ट पब्लिक स्कुलका प्रिन्सिपल इश्वर केसीले बताए ।

२०६० सालमा स्थापना भएको पिक प्वाइण्ट एकेडेमीले विगत वर्षहरुदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यालयले स्थापनाकाल देखिनै रचनात्मक, सिर्जनात्मक, अत्तिरिक्त कृयाकलापको साथै सिपमूलक संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको छ । दुई स्थानबाट पढाइ हुने सो विद्यालयमा हाल १ हजार ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र कार्यक्रम गरिएको विद्यालय पिक प्वाइन्ट पब्लिक स्कुलमामात्रै ७०० भन्दा बढी विद्यार्थी रहेको सो प्रिन्सिपल केसीले जानकारी दिए । 

भिडियो 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: