
सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर ५ चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको विद्यार्थीहरुको 'हामी स्वयंसेवक समूह'ले हजिरीजवाफ प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । सो समूहले शिक्षा दिवसको अवसर पारेर वडा अन्तर प्राथमिक विद्यालय (१-५) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा बुढाकिन्जा आधरभुत विद्यालय किन्जा पहिलो, महादेव आधारभूत विद्यालय छिरिङखर्क दोस्रो, सगरमाथा आधारभूत विद्यालय सगरडाँडा तृतीय भएका छन् ।
सान्त्वना स्थान भने चन्द्रज्योति माध्यमिक विद्यालय (१-५) भकान्जेले हात पारेको छ । हाजिरीजवाफ प्रतियोगिता प्रथम, दित्तीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो । सो हाजिरीजवाफ प्रतियोगितामा लिखुपिके गाउँपालिका वडा नम्बर पाँच रहेका महादेव आधारभूत विद्यालय, छिम्बु आधारभूत विद्यालय, सगरमाथा आधारभूत विद्यालय, चन्द्रज्योति माध्यमिक विद्यालय (१-५) र बुढाकिन्जा आधारभूत विद्यालय गरी जम्मा ५ वटा विद्यालयले सहभागी जनाएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google