शिक्षामन्त्री सुमनाले रोकिन् ५१ हजार रुपैयाँमा विद्यावारिधि दिने भारतीय संस्थाको कार्यक्रम

दर्पण दैनिक ९ असार २०८१,२०:२०
post

काठमाडाैं । एक भारतीय विश्वविद्यालयले पैसा लिएर विद्यावारिधि वितरण गर्न लागेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठले त्यसमाथि रोक लगाएकी छिन् । उनले पैसा लिएर विद्यावारिधि बाँड्नु ठगी अपराध भएको भन्दै त्यसमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेकी छिन् । 

भारतमा दर्तासमेत नभएको भारतको दिल्ली ठेगाना भएको सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटीले ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि बाँड्न लागेको सार्वजनिक भएपछि शिक्षमन्त्रीले एक्सन लिएकी हुन् ।

उनले भनेकी छिन्, ‘एक विदेशी संस्थाले एक कार्यक्रमका माझ रकम लिएको भरमा पुरस्कार र मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको छ । विदेशी संस्थाले शैक्षिक उपाधि दिन यस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति लिन पर्नेमा कुनै जानकारी नदिई, स्वीकृतिको लागि कुनै प्रक्रिया समेत शुरु नगरेको पाइएकोले कार्यक्रममा रोक लगाउन निर्देशन दिएकी छु ।’ 
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: