कन्सल्टेन्सी नवीकरणका लागि शिक्षा मन्त्रालयद्वारा आवेदन माग

दर्पण दैनिक १९ असार २०८१,१४:५१
post

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सी तथा भाषा शिक्षण सञ्चालन गर्ने संस्थाहरू नवीकरणका लागि आवेदन माग गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो ।

यी संस्थाहरूले नवीकरणका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । पहिलो चरणमा १६ असारदेखि ५ साउनसम्म संस्थाहरूले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन कार्य मन्त्रालयले गर्नेछ ।

सूचनामा उल्लेख गरिएअनुसार उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेलमार्फत कागजात पेस गर्नुपर्ने हुन्छ । नवीकरणवापत प्रतिवर्ष ३ हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: