ललितपुर । भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षितगर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूकाे संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ । यसैक्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालेन्ट २०८१ सम्पन्न गरिएकाे छ ।
ललितपुर महानगर अपेन की अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठको समन्वयमा सञ्चालन गरिएको उक्त ट्यालेन्ट सोमा ९ वटा विद्यालयबाट १७५ जनाले सहभागिता जनाएका थिए ।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीहरूको आतिथ्यता तथा अभिभावकहरूको उपस्थितिमा उक्त ट्यालेन्ट सो भाद्र १५ गते सम्पन्न भएको थियो । साे किड्स गट ट्यालेन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रमको समापन गरिँदैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google