एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान

दर्पण दैनिक २४ असार २०८१,०८:०२
post

काभ्रे । नेपाल विद्यार्थी संघ काभ्रेले एसइई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार बनेपामा एक कार्यक्रम आयोजना गरेर नेविसंघले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा ४ सिजिपिए ल्याउने बनेपास्थित लिंकन इन्टरनेशनल स्कुलका छात्र स्मृती श्रेष्ठ, ३ दशमलव ९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, ३ दशमलव ९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, ३ दशमलव ९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, ३ दशमलव ९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरेको छ ।

त्यस्तै, सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ८६ सिजिपिए ल्याउने भालेश्वर माध्यमिक विद्यालय, पनौतीकी अविना कार्की, सोही विद्यालयबाट ३ दशमलव ८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र ३ दशमलव ८३ सिजिपिए ल्याउने प्रभा माध्यमिक विद्यालय कात्तिकेदेउरालीका रिया गिरीलाई सम्मान गरिएको छ ।

प्राविधिकधारतर्फ उत्कृष्ट ३ दशमलव ७९ सिजिपिए ल्याउने खाँडादेवी माध्यमिक विद्यालयका प्रतिजा श्रेष्ठ, ३ दशमलव ६८ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय नमोबुद्धका श्रीखण्डराज खनाल, ३ दशमलव ६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र ३ दशमलव ६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरियो ।

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा ९४ सिजिपिए० ल्याउने बनेपास्थित लिंकन इन्टरनेशनल स्कुलका छात्र स्मृती श्रेष्ठ, ३ दशमलव ९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, ३ दशमलव ९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, ३ दशमलव ९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, ३ दशमलव ९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरियो ।

सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ८६ सिजिपिए ल्याउने भालेश्वर माध्यमिक विद्यालय, पनौतीकी अविना कार्की, सोही विद्यालयबाट ३ दशमलव ८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र ३ दशमलव ८३ सिजिपिए ल्याउने प्रभा माध्यमिक विद्यालय कात्तिकेदेउरालीका रिया गिरीलाई सम्मान गरियो ।

प्राविधिकधारतर्फ उत्कृष्ट ३ दशमलव ७९ सिजिपिए ल्याउने खाँडादेवी माध्यमिक विद्यालयका प्रतिजा श्रेष्ठ, ३ दशमलव ६८ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय नमोबुद्धका श्रीखण्डराज खनाल, ३ दशमलव ६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र ३ दशमलव ६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरियो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लागतयले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उच्च शिक्षा सफलताको कामना गर्दै दक्ष जनशक्ति तयार भएर देशको सेवा गर्न अनुरोध गर्दै त्यसको लागि सघाउन तयार भएको बताए ।

नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडाले गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित हुने अवस्थामा आउन नेपाल विद्यार्थी संघले नदिने बताए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: