
काठमाडौँ । सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ बागमती प्रदेशमा 'विद्यालय व्यवस्थापन समितिहरूको क्षमता विकास कार्यशाला' आयोजना हुने भएको छ । 'हामी सुधार्छौं हाम्रो विद्यालय' भन्ने राष्ट्रिय अभियान अन्तर्गत आगामी असार १६ र १७ गते काठमाडौँको नयाँ बसपार्क, बालाजुस्थित सौगात पार्टी प्यालेसमा दुई दिने कार्यशाला सञ्चालन हुन लागेको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल (बागमती प्रदेश कार्यसमिति) को आयोजना तथा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, हेटौँडाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो ।
कार्यशालामा सामुदायिक विद्यालयको व्यवस्थापन, प्राविधिक शिक्षा, र सरकारी नीतिहरूका विषयमा केन्द्रित रहेर विभिन्न रैथाने तथा समसामयिक मुद्दाहरूमा वृहत् छलफल गरिने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यशालामा शिक्षा क्षेत्रका प्रतिष्ठित विज्ञहरूले विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
जस अन्तर्गत शिक्षाविद् डा. हरि लम्सालले 'विद्यालय शिक्षाको व्यवस्थापनमा साझेदारी मोडेल: अभिभावक र समुदाय कहाँ?' विषयमा आफ्नो प्रस्तुति दिनेछन् भने प्राविधिक शिक्षा विज्ञ अनिलमणी बज्राचार्यले 'सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा' को सम्भावना र चुनौतीबारे प्रकाश पार्नेछन् ।
यसैगरी, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका पूर्व महानिर्देशक दीपक शर्माले 'सामुदायिक शिक्षा: सरकारको नीति र समुदायको नेतृत्व' तथा स्थानीय शासन विद् सोमत घिमिरेले 'शिक्षाको स्थानीयकरण र विकेन्द्रीकरण के हुनुपर्ने, के भयो?' भन्ने विषयमा समीक्षात्मक प्रस्तुति राख्नेछन् । शिक्षा अभियन्ता अभिषेक घिमिरेले 'विद्यालय र समुदायको दुरी कति ? सम्बन्ध कस्तो ?' भन्ने विषयमा बहस चलाउने कार्यतालिका रहेको छ ।
सामुदायिक विद्यालयहरूको चौतर्फी विकासका लागि समुदाय र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन यो कार्यशालाले ठोस मार्गचित्र तय गर्ने विश्वास आयोजक समितिले लिएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)













































































































.jpg)


















.jpg)

















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google