कन्याम घुम्न आएको बस दुर्घटना, एकको मृत्यु, ३६ घाइते

दर्पण दैनिक ३ मंसिर २०८०,१९:३९
post

इलाम । इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले प्रशासनलाई बताए । 

उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल  भीरमा खसेर रूखमा अड्किएको हो ।  दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो । एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ । बालकको पहिचान खुलेको छैन ।

प्रहरी निरीक्षक खड्का अनुसार बसमा सवार धनुषा नगरपालिका-९ धारापानीका स्थानीयहरू हुन् । कन्याम घुम्न आएको उक्त बस दुर्घटनामा परेको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: