पोर्चुगल पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने इलामका उमेश पक्राउ

दर्पण दैनिक २९ श्रावण २०८०,१७:०१
post

काठमाडौँ । वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् । 

उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । 

उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरुलाई पटकपटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए । 

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: