काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज (शुक्रबार) बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।
भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google