
काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको गाउँसभाको १६औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन अर्धवार्षिक समिक्षा सहित विभिन्न प्रस्तावहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले अर्धवार्षिक समिक्षा प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलमान थोकरले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
अधिवेशनले आर्थिक वर्ष २०८१-०८२ को अर्धवार्षिक प्रगति समिक्षा, पालिकास्तरीय तथा वडा स्तरीय योजना संशोधन सम्बन्धमा, विपदमा रकमान्तर गर्ने योजना, कर्मचारीको संगठन तथा कार्यावधि, आइ इ इ रिपोर्ट स्वीकृत, तेमाल गाउँपालिकाको भूमी विद्येयक २०८१ लगायतका प्रस्ताव पारित गरेको छ ।
गाउँसभाको १६ औं अधिवेशन बैठकबाट तेमाल गाउँ कार्यपालिकाको मिति २०८१-१०-०९ गतेको बैठकको निर्णय माथी छलफल गरी आव २०८१-०८२ को अर्धवार्षिक प्रगति समिक्षा सर्वसम्मत पारित गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, तेमाल गाउँपालिकाको पालिकास्तरिय तथा वडास्तरीय योजनाहरु संशोधन १६औं अधिवेशन बैठकबाट सर्वसम्मत पारित गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, विपद्को समयमा बाढी पहिरोबाट क्षति भएको सडक मर्मतका लागि खर्च भए बापत भुक्तानी गर्न रकमान्तर गरेको बजेट शीर्षकहरु आजको गाउँसभाको १६औं अधिवेशन बैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको छ।
अधिवेशनमा गाउँपालिका प्रवक्ता तथा ७ नं वडा अध्यक्ष इन्द्रलाल तामाङले स्वागत गरेका थिउ । वडाका १ अध्यक्ष ईन्द्र अधिकारी र वडा ९ अध्यक्ष चन्द्रबहादुर तामाङले आआफ्नो भनाई राखेका थिए । कार्यक्रमका सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले गरेका थिए ।
गाउँसभाको १६औं अधिवेशनमा आर्थिक वर्ष २०८१-०८२ को अर्धवार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले तेमाल गाउँपालिकाको आर्थिक–सामाजिक, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध तेमाल, सुखी तेमालको आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तेमाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा गाउँपालिका प्रतिको आशा र भरोसा जगाउने गरी तेमाल गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।’
अध्यक्ष तामाङका अनुसार गाउँपालिका आव २०८१-०८२ मा विपदबाट क्षति भएका तेमाल गाउँपालिका केन्द्र जोड्ने सडक तथा अन्तर्गतका वडा कार्यालय जोड्ने २५० किमि सडक मर्मत, रोलिङ भएको गोरेटो बाटो ५ दशमदव ६ किमि मर्मत गरिएको छ । गाउँपालिकाका सवै वडामा सडकको पहुँच पुगेको तामाङले जानकारी दिए । गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाइ सुदृढ वनाइएको उनले बताए ।






















































































































































































































































































































































































































































1667912853.jpg)

































































































































































.jpeg)






















































.jpg)











































































.jpeg)


































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google