काठमाडाैं । जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रको मूख्य उद्देश्य जयन्ती मेमोरियल ट्रस्टको लक्ष्य बमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै जयन्ती मेमोरियल ट्रस्टले युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गर्दै प्रोत्साहन गर्ने व्यहोरा समझदारीपत्रमा उल्लेख छ ।
समझदारी अनुसार जयन्ती मेमोरियल ट्रस्टले रु. १० लाख रुपैयाँ उत्तम सोधपत्रको लागि पुरस्कारको लागि उपलब्ध गराउनेछ ।
प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रा डा भगवान कोइराला र कार्डियक सोसाइटी अफ नेपालका तर्फबाट डा. विजोय राजवंशीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सृजना मल्ल राणा, सदस्यहरु सजनी अमात्य, केश्या राज्यलक्ष्मी राणा, सचिव मदन प्रसाद रिमाल र सोसाइटीका तर्फबाट डा. रत्न मणि गजुरेल र मेरिना पोखरेलको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google