एक लाख धरौटीमा छुटे साइकल यात्रीलाई मुक्का हानेर घिसार्ने आयुष

दर्पण दैनिक १६ श्रावण २०८०,०७:५५
post

विराटनगर । साइकल यात्रीलाई मुक्का प्रहार गरेर बेहोस अवस्थामै घिसार्ने विराटनगरका युवक धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगरका आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा साइकल यात्रीलाई मुक्का प्रहार गरी बेहोस बनाएर ढालेपछि भेटवालले घिसार्दै सडक किनारमा ल्याएर छाडिदिएका थिए । पछि बेहोस अवस्थामै युवालाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो ।

भेटवालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अर्का प्रतिवादी १७ वर्षीय किशोर भने फरार छन् । उनलाई पक्राउ गर्न अदालतबाट ३५ दिने म्याद जारी भएको छ ।

असार २० गते राति उद्योगमा मजदुरी गरेर फर्कंदै गर्दा दुधफारम चोकमा भेटवालले विराटनगर–६ का पवनकुमार साह हलुवालाई मुक्का प्रहार गरेका थिए । त्यसपछि सडकमा अमानवीय तवरले घिसारेको भिडियो भाइरल बनेको थियो ।

भिडियोमा देखिएअनुसार बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले एक्कासि आक्रमण गरेका थिए । उनको साइकल भेटवालका काकाका छोराले फ्याँकिदिएका थिए ।

कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीसहित भेटवाल दाजुभाइविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: