काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खोटाङ घर भएका रमेश गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।
प्रसाईसँग ३० करोड मागेका गुरुङ ५ करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज पुगेका थिए । त्यति नै बेला सीआईबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता संजय थापाले जानकारी दिए । प्रसाईंले ३० करोड चन्दा मागेका गुरुङलाई ५ करोड दिने भन्दै बोलाएका थिए । तर उनले त्यसअघि नै प्रहरीलाई जानकारी दिइसकेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी 'हत्या गर्नको लागी योजना बनि सकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जिवन बच्न सक्छ, तपाईको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु' भनी फोन तथा पटक पटक SMS समेत गरी रु.३० करोड रकम माग गरी फिरौती लिन आएको अवस्थामा गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको सीआईबीले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google