बारा । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बस र ट्रक ठोक्किँदा तीन जनाकाे मृत्यु भएकाे छ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया जाँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा ठोक्किएका थिए ।
दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन् । घाइतेहहरूकाे हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google