आफ्नै लिंग काटेर २२ वर्षीय युवा मध्यरातमा हेटौँडा अस्पतालमा पुगे

दर्पण दैनिक ३२ श्रावण २०८०,१२:०३
post

हेटाैँडा । मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा ती व्यक्ति आफैँले संवेदनशील अंग काटेका थिए ।

मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएका प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ गए राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: