
काठमाडाैं । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google