३३ लाख ठगी​​​​​​​ गरेकाे आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक सिवाकोटी पक्राउ

दर्पण दैनिक १५ माघ २०८०,१७:४४
post

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो ।

सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: