नयां नेतृत्व छान्दै एकीकृत सरकारी कर्मचारी संगठन

दर्पण दैनिक २६ फाल्गुन २०७९,१९:२२
post

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशन शुक्रबारबाट सुरु भएको छ । दुईदिने अधिवेशन भक्तपुरको बोडेमा रहेको कृषि बिकास बैंक, तालिम प्रतिष्ठानमा सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथिकारुपमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हक हित संरक्षणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

सरकारले तीन तहमा कर्मचारी समायोजन गर्दा कर्मचारी बर्गमा थुर्पै समस्याहरु उत्पन्न भएकाले त्यसको उचित ढंगले समाधान गरिनु पर्नेमा उनले जोड दिए ।

देश अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेकाले यसबारे सरकारी कर्मचारीहरु पनि गम्भिर भई राज्यलाई सहयोग गर्नुपर्ने हमालको भनाई थियो । उनले सरकारी क्षेत्रमा आवद्ध कर्मचारीहरुले दिने सेवा सहज र शुलभ बनाउन पनि ध्यान दिन आग्रह समेत गरे ।

कार्यक्रमकमा अतिथिका रुपमा सहभागी राष्ट्रिय कर्मचारी संगठन, (निजामती) का अध्यक्ष हरि रावल, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभास कुमार साह, नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल र मधेस निजामती कर्मचारी मञ्चका वरिष्ठ उपाध्यक्ष विजय सिंहले सरकारले ल्याउन लागेको निजामती ऐन सम्पुर्ण सरकारी कर्मचारीमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

यसअघि सरकारले गरेको कर्मचारी समायोजना अन्यायपुर्ण रहेकाले त्यसलाई पुर्नसमायोजन गरिनु पर्ने उनीहरुको भनाइ थियो । जारी बन्दसत्रमा सांगठनिक, लेखा र आर्थिक प्रतिवेदनमाथि सहभागीहरुबीच छलफल भइरहेको छ । प्रतिवेदनमाथी सहभागीहरुबाट आएका सुझावहरुलाई समेटेर हलले पास गर्नेछ ।

अधिवेशनमा संगठनको विधान संशोधनबारे पनि छलफल हुने अध्यक्ष गगनसिंह बिष्टले बताए । यस अधिवेशनमा देशभरीबाट ४०६ जना प्रतिनिधि, संगठनका केन्द्रिय पदाधिकारी लगायतको उपस्थिति रहेको छ । अधिवेशनमा नयां नेतृत्वको लागि भोली छलफल हुने अध्यक्ष बिष्टले बताए ।

नयाँ नेतृत्वका लागि सकभर सहमति गरिने र सहमति नभए लोकतान्त्रिक ढंगले निर्वाचनमार्फत नेतृत्व चयन हुने उनको भनाइ छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: