सोलुखुम्बु । लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले महिलाको हकहितका लागि निरन्तर लागिरहेको बताएकी छन् । ग्रामिण क्षेत्र विकास प्रबर्द्धन प्राली सोलुदुधकुण्ड नगरपालिका ५ सोलुखुम्बुको आयोजनामा भएको जनप्रतिनिधि तथा अगुवा महिलाहरुको लागि क्षमता विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताएकी हुन् ।
त्यस्तै उनले आफू पालिकामा महिलाबाटै निर्वाचित भएकाले पालिकाभित्रका सबै महिलाहरुलाई सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरिन । महिला सशक्तीकरणको विषय महिलाहरुको मात्र नभई महिला र पुरुष दुवैको भएकोले समान र सक्रिय भूमिका आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाई छ ।
त्यस्तै लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले पालिकाको नीति निर्माणमै महिला समावेशितालाई अवलम्बन गरी काम गरिरहेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google