सोलुखुम्बु । लिखुपिके गाउँपालिका ५ पातल हाउजिङमा ढुङ्गा बोकेको हाईभा दुर्घटना भएको छ । एमटी दश हाइभा २८८ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको चालक रोहिनी पाण्डेले बताए ।
चालक पाण्डे भने हाम फालेर बच्न सफल भएका छन । आज साँझ सवा सात बजेतिर पल्टिएको गाडी करिब सय मिटर तल पुगेको छ । सानो घुम्ती भएको कारण ब्याक गरेर टनिङ काट्न खोज्दा गाडीको ब्रेक फेल भएर पल्टिएको पाण्डेले दर्पण दैनिकलाई जानकारी दिए ।
घटनाको क्षेण सम्झिदैँ चालकले भने, 'मेरो मानो पुगिसकेको थियोे हाम फालेर बाँचे ।' चालक पाण्डे रामेछाप जिल्लाको सुनपति गाउँपालिका वडा नम्बर ४ का हुन् ।
उनका श्रीमती र तीन छोरी छन् । उनले विगत ३ वर्षदेखि एमभी दुगड ग्रुपद्वारा संचालित हाइड्रोपावरमा सोही क्षेत्रमा गाडी चलाउँदै आएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google