काठमाडाैँ । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनमा भएको निर्वाचनमा थापा विजयी भएकी हुन । उनले जीवन कार्कीलाई पराजित गरिन ।
नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।
महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन । अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो ।
रजनी थापा कांग्रेसकी युवा नेतृ हुन् । उनी गत स्थानीय निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार थिइन् । उनी नेविसंघको सीटिइभिटी उपाध्यक्षका साथै नेपाल ला क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार थिइन् ।
पीसीएल नर्सिङ, कानूनमा स्नातक, राजनीतिशास्त्र, जनप्रशासनमा स्नात्तोकरसम्मको अध्ययन गरेकी रजनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरिरहेकी छन् ।
यस्तै, महिला संघ टोखा नगर सभापति तथा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागको प्रशिक्षकको रूपमा कामको अनुभव पनि थापासँग छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google