
काठमाडौँ । दुईजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । दुई महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन बनेका उनीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको कारण उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । गैर हाजिर हुनेमा सहायक दुईजना सहायक हबलदार, १२ जना प्रहरी जवान र दुईजना कार्यालय सहयोगी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google