नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला पक्राउ

दर्पण दैनिक २९ माघ २०७९,२१:००
post

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुलचोकबाट एक महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

गुरुङमाथि चेक गर्दा अरूको नाममा रहेको  दुईवटा सवारी चालक अनुमति पत्र फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: