नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक ईही कार्यक्रम सम्पन्न

दर्पण दैनिक ४ असार २०८०,०६:५३
post

न्यूयोर्क । नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४३ तछलागा: सप्तमी का दिन आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराएका हुन् ।

उनलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले जजमान (मुख्य कर्ता) भइ पुजा सम्पन्न गर्न सहयोग गरेका थिए । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, फिलाडेल्फिया, कोलराडो र मिनसोटा आदि स्टेटहरूबाट गरि जम्मा ६ जना बालिकाहरूको सहभागी थिए ।

ईही गरिएका बालिकाहरू- लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्य लगायत उक्त कार्यक्रममा बालिकाका अभिभावक-आफन्तकहरू गरि सयौं जनाको उपस्थिति थियो ।

नख:का महासचिव तुलसी नारायण चित्रकारले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यले ईहीमा सहभागी बालिकाहरु, बालिकाहरूका अभिभावक, आफन्तकहरू, पाहुना तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गराई ईहीको महत्त्वको बारेमा प्रकाश पारे ।

नख:का संस्थापक उपाध्यक्ष, निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले नेवा: चाड-पर्व, परम्परा, रिति-रिवाज तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनका गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको कुरा व्यक्त गरे । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र अन्य संघ, संस्थाहरूले नेपाल र नेपाली समुदायको हितमा गरेका कार्यक्रमहरूमा सहभागी भई सहयोग गर्दै आएको कुरा पनि प्रधानले बताए ।

नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराएका थिए ।कार्यक्रममा अतिथीको तर्फबाट नेवाः गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिए ।
कार्यक्रममा फिलाडेल्फिया देखी आएका गैर नेपाली अतिथि ग्रेगोरीले यस्ता कार्यक्रमा सहभागी हुन पाऊँदाको खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना दिइन् । 

उक्त कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान, प्रथम उपाध्यक्ष डा.नरेश मान शाक्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सचिव अनित श्रेष्ठले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान गरी बधाई तथा शुभकामना दिएका थिए ।

अन्तमा, अध्यक्ष महेन्द्र बीर बज्राचार्यले कार्यक्रममा उपस्थित सबै बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, अतिथि, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

उनले अमेरिकामा रहेर पनि हामीले आफ्नो यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउदा गौरवान्वित भएको कुरा ब्यक्त गर्नुका साथै अमेरिकामा जन्मेका हाम्रा नानिवाबुहरूलाई नेवाः संस्कृति, परम्परा, भाषा सिकाउदै जानु पर्ने कुरामा जोड दिए ।

नखःका द्वितीय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ, सदस्य शोभना शाक्य, नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, उजिला प्रधान, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र निलिमा शाक्य र सरिता श्रेष्ठ, उमा माथेमा र निगिता थापा श्रेष्ठले ईहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए।

साथैले उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई 'थाय्-भू' तयार गरेका थिए । संस्थाका महासचिव तुलसी नारायण चित्रकार, सचिव अनित श्रेष्ठ, र सदस्यहरू किरण रंजित, अभिषेक छोचूँ, नविन शाक्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य र सुमित श्रेष्ठले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गरे ।

न्युयोर्कमा गरिएको नेवारी परम्परागत ईहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवारी मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिए ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: