मलद्वारमा लुकाएर ल्याएकाे एक किलो सुनसहित तीनजना पक्राउ

दर्पण दैनिक २६ भाद्र २०८०,१८:००
post

काठमाडौं । दुवईबाट झण्डै एक किलो सुनसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएका थिए ।

दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङ्बाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।    

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: