सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

दर्पण दैनिक २४ माघ २०७९,१४:५२
post

काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्‍ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्‍यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: