साइबर सुरक्षा पुस्तक सार्वजनिक

दर्पण दैनिक ३ श्रावण २०८०,२१:४५

साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई समेट्न बागमती प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको संघलाई आग्रह

post

ललितपुर । बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गरेका छन् । केन्द्रीकृत मानसिकतामा बन्दै आएका संघीय नीतिलाई संघीयताको मर्म र भावना अनुसार अगाडि बढाउन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले संघीय सरकारलाई आग्रह गरेका हुन् । 

सञ्चार रजिष्ट्रार कार्यालयद्धारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधवार बिमोचन गर्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा बिज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताए । साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उनले बताए । 

उनले भने, 'त्यसो हुँदा संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यहि संयन्त्र भित्र ल्याउन उपयुक्त हुन्छ । बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित बिषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ । संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछौ । सूचना प्रविधिको बिकास र यसले निम्त्याएका चुनौतीको सामना एक्लै गर्न सकिन्न, प्रदेश,स्थानीय तह र संघ मिलेर नै सामना गर्नु पर्ने हुन्छ । त्यो दिशामा हामी काम गर्नेछौ ।'

आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए ।

‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् तर यस्ता चुनौतीसँग भागेर अगाडि बढने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन्’ सञ्चार रजिष्ट्रार सापकोटाले भने - 'नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित बिषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो । यो पुस्तकले साइबर सुरक्षाका बारेमा जान्न चाहनेहरुका लागि भोक जगाउँछ, उत्सुकता जगाउँछ । जुनसुकै पेशा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी छ ।'


साइबर सुरक्षाको चुनौती बढिरहेको वेला सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नागरिकलाई सुसुचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको छ । 

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताए । यस्ता प्रकाशनले प्रादेशिक संरचनालाई बलियो बनाउन मद्दत पुरयाउन सक्ने उनीहरुले बताए ।

साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धता जस्ता बिषय पुस्तकको साइबर सुरक्षा खण्डमा रहेको छ । 

साइबर अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमणलाई पुस्तकमा पहिल्याउने कोशिस गरिएको छ । पुस्तकमा साइबर अपराधका बहुआयामिक, प्राविधिक, मानवीय,भौतिक र तेस्रो पक्षको चुनौतीलाई केलाउने प्रयास गरिएको छ । 

सुरक्षाका अवधारणा तथा औजारको रुपमा एन्टिभाइरस, क्लाउड एन्टिभाइरस, सुरक्षा फायरवाल, इन्क्रिप्सन र डिक्रिप्सन, डिजिटल हस्ताक्षर, डिजिटल फोरेन्सिकलाई पुस्तकमा प्रस्तुत गरिएको छ । 

साइबर कानूनको इतिहास, अन्तराष्ट्रिय साइबर कानून,साइबर स्पेश र गोपनीयता, डिजिटल प्रोपर्टी, सामाजिक सञ्जाल सम्बन्धी कानून, आचारसंहिता र नैतिक मान्यतालाई पुस्तकमा समेटिएको छ ।  डिजिटल साक्षरता, अनलाइन पत्रकारिता, मिडिया साक्षरता र सामाजिक सञ्जालमा गहिरो अध्ययन गर्नु भएका प्रवेश सुवेदीले सम्पादन गर्नु भएको उक्त पुस्तकको सहलेखनमा एशिया प्यासिफिक स्कूल अफ इन्टरनेट गभर्नेन्सका उपाध्यक्ष अधिवक्ता बाबुराम अर्याल, वेलायतमा साइबर सुरक्षा सल्लाहकारमा कार्यरत गंगालाल चपाई (निकेश), काठमाडौ बिश्वबिद्यालयको भाषा तथा आमसञ्चार बिभागमा भिजिटिंङ फ्याकल्टीका रुपमा कार्यरत रविराज बराल रहेका छ ।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले यस अघि प्रकाशित गरेका जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरण गरिएको उहिलेको पत्रकारिता,डिजिटल साक्षरता र अनलाइन पत्रकारिता सम्बन्धी पुस्तक सम्बन्धित सरोकारावालाका वीचमा लोकप्रिय छन् । सञ्चार रजिष्ट्रार कार्यालयले नेपालमा पहिलो पटक बिधागत पत्रकारिता सम्बन्धी अध्ययन पुस्तक र उहिलेको पत्रकारिता भाग दुई पनि तयार गरेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: