
काठमाडौं । बझाङबाट काठमाडौं आउँदै बस कपिलवस्तुमा दुर्घटना भएको छ । ना ६ ख १३३९ नम्बरको बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ । बसमा चालिस यात्रु सवार थिए ।
घाइतेहरूमा चार पुरूष र दुई महिला छन् । तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको बताइएकाे छ ।
उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ । दुर्घटनापछि चालक भने फरार छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google