ललितपुर । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको छ । गएराति ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन् । उनीहरूमाथि छुरा प्रहार भएकाे प्रहरीकाे भनाइ छ । राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई खबर भएको थियो ।
खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ । छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो ।
उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन । मृतक पूजन पाँचथर घर भई खुमलटार बस्ने र रोबस धरान घर भई ढोलाहिटी बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google